समाज


सकियो छठ

सकियो छठ

धनुषाको बटेश्वर गाउँपालिका–२ स्थित छठघाटमा बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै व्रतालु।


शैलेन्द्र महतो
कात्तिक २५, २०७८ बिहिबार ८:१३, काठमाडौँ

यस वर्षको छठ पर्व सकिएको छ। 

आज (बिहीबार) बिहान व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् पूरा भएको हो। 

पाँच दिनसम्म अत्यन्त नियम/निष्ठापूर्वक मनाइने छठ पर्वअन्तर्गत हिजो (बुधबार) साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको थियो। त्यसपछि आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत पूरा गरिएको हो। 

परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले आदिदेव सूर्य अर्थात् दिनानाथको उपासना गरी अत्यन्त श्रद्धापूर्वक छठ पर्व मनाइन्छ। 

छठ पर्व मनाउन पोखरी, नदी, तलाउ र जलाशय किनारमा छठ घाट सजार्ई श्रद्धालु भक्तजन भेला हुने गर्छन्। 

पाँच दिनसम्मको व्रतअन्तर्गत पहिलो दिन व्रतालुले ‘माछमरुवा’ बारेका थिए भने दोस्रो दिन नुहाएर अरबा अरबाइन भोजन गरेका थिए। तेस्रो दिन खरना, चौथो दिन अस्ताउँदो सूर्य र पाँचौ दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठको विधि पूरा हुन्छ। 

उदाउँदो सूर्यलाई अर्घ्य दिने आजको दिनलाई पारन भनिन्छ। 

अर्घ्य दिइएका छठ पूजाका सामग्री प्रसादका रूपमा ग्रहण तथा वितरण गर्ने प्रचलन छ।

सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता हो। पहिला–पहिला तराई मधेसमा मात्र मनाइने छठ पर्व अहिले काठमाडौं उपत्यकालगायत पहाडी भेगमा समेत मनाउने गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .