समाज


जनकपुरको देवपुरा रुपैठामा दुई दिन निषेधाज्ञा थप

जनकपुरको देवपुरा रुपैठामा दुई दिन निषेधाज्ञा थप

फाइल तस्वीर


शैलेन्द्र महतो
कात्तिक २८, २०७८ आइतबार १८:३३, काठमाडौँ

जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठामा स्थानीय प्रशासनले शनिबारदेखि लगाएको निषेधाज्ञा दुई दिन थप गरेको छ। 

छठ घाट निर्माणको विषयमा हिन्दु र मुस्लिम समुदायबीच साम्प्रदायिक विवाद उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले शनिबार दिउँसो २ बजेदेखि आइतबार राति १० बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो। 

सो समयलाई बढाएर स्थानीय प्रशसनले दुई दिन निषेधाज्ञा थप गरेको छ। प्रशासनले मंगलबार राति १० बजेसम्मको लागि निषेधाज्ञा थप गरेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए। 
 

पूर्वमा जलाद नदीको कल्टी बाँध, पश्चिममा जनकपुर जटही मार्ग दोबाटो, उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौकदेखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ। 

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ उपदफा ३ (क) बमोजिम कुनै प्रकारका भेला, जुलुस, प्रर्दशन, घेराउ, र्‍याली, सभाजस्ता गतिविधि गर्न नपाइने र उल्लंघन गरे कारबाही हुने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .