बेलायती पत्रिका सन्डे टाइम्सका अनुसार तेस्रो लिंगीहरुको अधिकारको लागि आवाज उठाउँदै आएका संस्थाहरुले ‘लेडिज एन्ड जेन्टलमेन’ भन्ने वाक्यांशमा आपत्ति जनाएपछि यस वाक्यांश नाटक घरहरुमा उच्चारण नगरिने भएका हुन्।
‘लेडिज’ शब्दले महिला र ‘जेन्टलमेन’ शब्दले पुरुषलाई मात्र सम्बोधन गर्ने भएकाले तेस्रो लिंगीहरुको अस्तित्वका लागि यस वाक्यांशमा अधिकारकर्मीले विरोध जनाएको टाइम्सले उल्लेख गरेको छ।
नाटक घरमा तेस्रो लिंगी कलाकारले पनि काम गरेका हुन्छन्। नाकट हेर्न तेस्रो लिंगी मानिसहरु पनि आएका हुन्छन्। लेडिज एन्ड जेन्टलमेन भनेर महिला र पुरुषलाई मात्र सम्बोधन गर्दा तेस्रो लिंगीको अस्तित्व गुम्ने खतरा भएको अधिकारकर्मीको तर्क छ।
वेलायतमा सबै लिंगलाई समान अधिकार प्रदान गरिएको छ। त्यसैकारण सबै लिंग र वर्गको भावनालाई सम्मान गर्दै लेडिज एन्ड जेन्टलमेन भन्ने शब्द तथा वाक्यांश प्रयोग नगरिने जनाइएको छ।
![]()

प्रतिक्रिया