समाज


नेपालखबर कार्यकारी सम्पादकमा भुसाल

नेपालखबर कार्यकारी सम्पादकमा भुसाल

नेपालखबर
कात्तिक १८, २०७६ सोमबार १२:३५,

नेपालखबर डटकमको कार्यकारी सम्पादकमा पत्रकार थिरलाल भुसाल नियुक्त भएका छन्। नेपालखबर प्रालि सञ्चालक समितिले भुसाललाई सोमबार कार्यकारी सम्पादकमा नियुक्त गरेको हो।

कार्यकारी सम्पादक नियुक्त हुनुअघि उनी नेपाल रिपब्लिक मिडिया अन्तर्गतको रिपब्लिका अंग्रेजी दैनिकको एसोसियट एडिटर (सहसम्पादक) को जिम्मेवारीमा थिए।

सन् २०१६ मा रिपब्लिका दैनिकको एसोसियट एडिटर हुनुअघि उनी सोही पत्रिकामा राजनीतिक ब्यूरो प्रमुख थिए। राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, मानवअधिकार, जलस्रोत मामिला पत्रकार भुसालले संविधानसभा र संविधान निर्माण प्रक्रियाबारे रिपोर्टिङ गरेका छन्।

भुसाल त्यसअघिका केही वर्ष अन्तर्राष्ट्रिय समाचार संस्था एसोसिएटेड प्रेस (एपी) को संवाददाता रहेका थिए।

करिब १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा रहेका भुसालले रिपब्लिका सुरु हुनुअघि द काठमाडौं पोष्टमा रिपोर्टिङ गरेका थिए। राजधानी दैनिकबाट उनको पत्रकारिता यात्रा सुरु भएको हो।

आमसञ्चार तथा पत्रकारिता र अंग्रेजी साहित्य विषयमा मास्टर्स गरेका भुसालले नेपाल प्रेस इन्स्टिच्यूटबाट एक वर्षे पत्रकारिता तालिम लिएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .