समाज


छुरा प्रहारबाट युवकको मृत्यु भएपछि अवरुद्ध राजमार्ग सहमतिमा खुल्यो

छुरा प्रहारबाट युवकको मृत्यु भएपछि अवरुद्ध राजमार्ग सहमतिमा खुल्यो

सिरहामा युवक हत्याको विरोधमा राजमार्ग बन्द गराउँदै आन्दोलित स्थानीय।


शैलेन्द्र महतो
पुस ४, २०७८ आइतबार १५:१८, काठमाडौँ

सिरहामा छुरा हानाहानमा एक युवकको मृत्यु पश्चात विरोधमा आइतबार विहानैदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ। 

दोषीलाई पक्राउ गरी २४ घण्टाभित्र कारबाही चलाउने, मृतकलाई क्षतिपुर्तिको लागि पहल गर्ने, घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्ने प्रहरी र स्थानीयबीच सहमति पश्चात राजमार्ग खुलेको हो। 

दुवै पक्षबीच सहमति पश्चात राजमार्ग खुलेको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए।  

शनिबार साँझ दुई समूहबीच भएको छुरा हानाहान (ग्याङफाइट) मा सिरहाको गोलबजार नगरपालिका–६ डोहटिया टोलका २६ वर्षीय रामकुमार सदाको मृत्यु भएको थियो भने स्थानीय १९ वर्षका निकेश सदा गम्भीर घाइते भएका छन्। उनको उपचार आरके मेडिसिटी अस्पतालमा भइरहेको छ। 

डिएसपी बुढाथोकीले छुरा प्रहार गर्ने पक्षको पहिचान भइसकेको बताए। यद्यपी उनले परिचय खुलाउन चाहेनन्।

‘दुई समूहबीचको ग्याङफाइटमा यो घटना भएको हो। दोषीको पहिचान भइसकेको छ। तिनीहरुलाई पक्राउ गरिसकेपछि मात्र परिचय खुलाउँछौं’ डिएसपी बुढाथोकीले नेपालखबरसँग भने। 

घटनाको विरोधमा डोहटियाका बासिन्दाले बिहानैदेखि पूर्वपश्चिम राजमार्ग बन्द गराउँदै प्रदर्शन गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .