समाज


गाँजा बोकेर भाग्दै गरेको स्कारपिओ दुर्घटना, भारतीय नागरिक पक्राउ

गाँजा बोकेर भाग्दै गरेको स्कारपिओ दुर्घटना, भारतीय नागरिक पक्राउ

शैलेन्द्र महतो
पुस ४, २०७८ आइतबार १६:२०, काठमाडौँ

धनुषाबाट साढे १९ किलो लागुऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा विहार राज्यको मधुवनी जिल्ला खिरहर थाना हिसार ग्रामपञ्चायत बस्ने २२ वर्षीय विजय कुमार महतो रहेका छन्। 

उनलाई इलाका प्रहरी कार्यालय ढल्केवरले भारतीय बीआर ३२ के ९१२७ नम्बरको स्कारपिओ र गाँजासहित नियन्त्रणमा लिएको प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए। 

उनका अनुसार शनिबार साँझ बर्दिबासबाट आउँदै गरेको सो स्कारपिओ प्रहरीले शंका लागी ढल्केबरचोकमा रोकाएर चेकजाँच गर्न खोजेको थियो। तर गाडी नरोकेर भाग्न थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरको प्रहरी टोलीले पिछा गरेको थियो।

पाँच सय मिटर दक्षिण आएर सो स्कारपिओबाट सडक छेउमा गाँजा फालेर भागेको स्कारपिओ केही दूरीमा रहेको बसही खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो। 

दुर्घटना पश्चात त्यसमा सवार मानिसहरु फरार भएका थिए। खोजविनको क्रममा उखुबारीमा लुकेर बसेको अवस्थामा महतोलाई पक्राउ गर्न सफल भएको प्रहरी निरीक्षक सुवेदीले बताए। 

रातो प्लास्टिकमा १९ किलो ५ सय ग्राम गाँजासमेत बरामद भएको प्रहरीले जनाएको छ। गाँजा, स्कारपिओसहित पक्राउ परेका महतोमाथि कारबाही प्रक्रिया अढि बढाएको सुवेदीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .