ad ad

समाज


दाङमा लागुऔषधसहित ३ युवती, २ युवक पक्राउ

दाङमा लागुऔषधसहित ३  युवती, २ युवक पक्राउ

दाङमा लागुऔषधसहित पक्राउ परेकाहरू।


सुदीप भण्डारी
पुस १७, २०७८ शनिबार १५:३६, दाङ

दाङमा प्रहरीले लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय (तुलसीपुर) बाट खटिएको टोलीले पुस १५ र १६ गते गरेर लागुऔषधसहित ३ युवती र २ युवकलाई नियन्त्रणमा लिएको हो।  

पक्राउ परेकामा तुलसीपुर उपमहानगरपालिका ५ (ख) लाइन निवासी १९ वर्षीया मन्दिरा थापा, सोही ठाउँकी १९ वर्षीया दीपु नेपाली, वडा नं. ६ बरुवागाउँका २९ वर्षीय रुद्रमणि पोख्रेल शर्मा, सोही ठाउँकी २४ वर्षीया उर्मिला चौधरी र वडा नं. ७ सागरनगर टोल निवासी ३० वर्षीय कैलाश नेपाली छन्। 

उनीहरूका साथबाट ५ ग्राम ७१० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय (दाङ) का डीएसपी मुकुन्द रिजालले जानकारी दिए।

पछिल्लो समय महिला पनि लागुऔषध कारोबारमा संलग्न देखिएको छ। महिला भएकाले चेकजाँच पनि हुँदैन भनेर लागुऔषध ओसारपसारमा लाग्ने गरेको डीएसपी रिजालको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .