ad ad

समाज


पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ मलामीको मृत्यु, ८ जना घाइते

पाल्पामा शव बोकेको बस दुर्घटना हुँदा ७ मलामीको मृत्यु, ८ जना घाइते

दुर्घटनामा परेको बस


सुदीप भण्डारी
पुस १८, २०७८ आइतबार १२:१९, बुटवल

रुपन्देहीको बुटवलबाट आइतबार बिहान शव बोकेर गुल्मीको रिडीतर्फ जाँदै गरेको बस पाल्पामा दुर्घटना हुँदा ७ मलामीको मृत्यु भएको छ।

यो दुर्घटनामा अन्य ८ जना घाइते भएका छन्।

पाल्पाका प्रहरी प्रवक्ता डीएसपी रामेश्वर त्वातीका अनुसार ​शव लिएर जाँदै गरेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको रिब्दिकोट गाउँपालिका-३, लघुवामा बिहान साढे १० बजेतिर दुर्घटना भएको हो। 

दुर्घटनामा ७ जना मलामीको घटनास्थलमै मृत्यु भएको उनले जानकारी दिए।

घाइते ८ जनालाई उपचारका लागि पाल्पा अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय हार्थोक पाल्पाले जनाएको छ।

३६ जना मलामी सवार बस बाटो चिप्लो हुँदा सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मृतक ७ जनामा सबै पुरुष हुन् भने घाइते ८ मध्ये एक जना महिला छन्। उनीहरुको नाम वतन खुल्न बाँकी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .