ad ad

समाज


६० किलो गाँजा र विभिन्न देशका मुद्रासहित एक युवक पक्राउ

६० किलो गाँजा र विभिन्न देशका मुद्रासहित एक युवक पक्राउ

शैलेन्द्र महतो
पुस २७, २०७८ मंगलबार १९:३३, काठमाडौँ

६० किलो गाँजा र विभिन्न देशका मुद्रासहित बाराबाट एक युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका ६ बस्ने  २१ वर्षीय प्रेमलाल लामा रहेको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए।

लामालाई बाराको गढी गाउँपालिका वडा नं. ७ बस्ने जोखु चौधरीको घरमा लुकाई राखेको ६० किलो गाँजासहित पक्राउ गरिएको हो। उनका साथबाट मोटरसाइकल र विदेशी मुद्रासमेत बरामद भएको छ।

डीआईजी मगरका अनुसार लामाको साथबाट मोबाइल र पावर बैँक १/१ थान तथा ३९ हजार नेपाली रुपैयाँसहित जोर्डन, श्रीलंका, सोमालिया, हङकङ र भारतीय मुद्रा फेला परेको छ।

लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .