ad ad

समाज


महोत्तरीमा १ क्विन्टल ६० किलो गाँजा बरामद

महोत्तरीमा १ क्विन्टल ६० किलो गाँजा बरामद

बरामद गाँजा।


शैलेन्द्र महतो
माघ १४, २०७८ शुक्रबार ९:२०, जनकपुरधाम

महोत्तरीमा सशस्त्र प्रहरीले १ क्विन्टल ६० किलो प्रतिबन्धित लागुपदार्थ गाँजा बरामद गरेको छ। 

महोत्तरी गउँपालिका ४ रानीवडास्थित गणेश चौधरीको कुखुरा फार्मनजिक परालको थुप्रोमा लुकाइराखेको १६ पोका गाँजा सशस्त्र प्रहरीले बरामद गरेको हो। 

१० किलोका दरले प्लास्टिकमा प्याक गरेर राखिएको अवस्थामा १ क्विन्टल ६० किलो गाँजा बरामद गरिएको सशस्त्र प्रहरी मधेस प्रदेशका प्रमुख डीआईजी गणेश ठाडा मगरले जानकारी दिए। 

विशेष सूचनाका आधारमा छिन्नमस्ता बाहिनी र जलेश्वर बेस क्याम्पबाट खटेको संयुक्त टोलिले बिहीबार राति गाँजा बरामद गरिएको गरेको सशस्त्र प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .