ad ad

समाज


कार र पैसा लुटियो भनेर प्रहरीलाई झुटो सूचना दिँदा...

कार र पैसा लुटियो भनेर प्रहरीलाई झुटो सूचना दिँदा...

अभियुक्त


शैलेन्द्र महतो
माघ २७, २०७८ बिहिबार ७:५७, जनकपुरधाम

धनुषामा कार र रुपैयाँ लुटिएको भनेर झुटो जानकारी दिएको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ। 

धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने दीपनारायण यादव र उनका  साथी आशाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको हो। 

काल्पनिक घटनाको निवेदन दिएर प्रहरीलाई हैरानी परेसानी तथा गालीगलौज गरेको आरोपमा दुवै जनालाई पक्राउ गरिएको हो। 

प्रहरीका अनुसार दीपनारायण र आशारामले गत सोमबार साँझ ६ बजे  मोटरसाइकलमा आएका स्थानीय श्रवणकुमार चौधरीलगायत ३÷४ जना व्यक्तिले आफ्नो बा. १९ च ६६१४ नम्बरको कार र कारभित्र रहेको २ लाख रुपैयाँ लुटपाट गरेको भनी इलाका प्रहरी कार्यालय (धनुषाधाम) मा टेलिफोनमार्फत जानकारी गराएका थिए। 

तत्कालै प्रहरी टोलिले खोजी सुरु गरी सोही राति श्रवणलाई नियन्त्रणमा लिएर दीपनारायण र आशारामकहाँ लगेका थिए। त्यहाँ दीपनारायण र आशारामले आफ्नो कार र पैसा नलुटिएको तथा रिसइबीका कारण श्रवणलगायतले लुटपाट गरेको आरोपको झुटो सूचना प्रहरीलाई दिएको स्वीकार गरेका छन्। 

झुटो सूचना दिएर प्रहरी कर्मचारीहरूलाई हैरानी परेसानी, गालीगलोज गरेकाले दुवै जनालाई पक्राउ गरिएको धनुषा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेतले जानकारी दिए।  

उनीहरूविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला प्रशासन कार्यालय (धनुषा) बाट १० दिनको म्याद थप गराई अनुसन्धन गरिरहेको उनले बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .