संखुवासभाको मादीमा बिहीबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये १० जनाको पहिचान खुलेको छ।
खाँदबारीबाट दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस बिहान ७ः४५ बजेतिर संखुवासभाको मादी ६ को सात घुम्तीस्थित सडकबाट करिब ३ सय मिटर तल खसेको हो।
दुर्घटनामा अहिलेसम्म १४ जनाकाे मृत्यु भइसकेको छ। तीमध्ये १० जनाको मात्र नाम र ठेगाना खुलेको छ, बाँकी २ महिला, एक पुरुष र एक बालकको भने पहिचान खुल्न बाँकी रहेको १ नम्बर प्रदेश ट्राफिक कार्यलय इटहरीले जनाएको छ।
मृतकमा जिल्ला संखुवासभा मादी ६ बस्ने वर्ष नखुलेकी अञ्जना कटुवाल, मादी ५ बस्ने वर्ष ४५ का दीपक दाहाल, मादी ६ बस्ने वर्ष ३८ का इन्द्रबहादुर अधिकारी, मादी ४ बस्ने वर्ष ३५ का उमेश भट्टराई (सहचालक) छन्।
यस्तै मादीकै वडा नम्बर ४ बस्ने वर्ष ३८ का आइतबहादुर तामाङ, सोही ठाउँ बस्ने वर्ष ३५ कि सविता राउत कार्की, मादी ५ का वर्ष ५२ का श्याम शेर्पा, सोही ठाउँ बस्ने वर्ष ५५ का भवानी दाहाल, मादी ६ वर्ष ५ की दीक्षा कटुवालको मृत्यु भएको छ।
यस्तै तेह्रथुम औशीडाँडा बस्ने वर्ष ३० का विपिन निरौला (चालक तथा सवारी धनी) को पनि मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।
यस्तै घाइतेहरू धेरैजसो संखुवासभाकै छन्।
जसमा मादी ५ बस्ने वर्ष ३० को सुभाष गोले, मादी ६ बस्ने वर्ष २२ की तुलसा कटुवाल, मादी ६ बस्ने उमेर नखुलेकी अम्बिका विक, सोही ठाउँ बस्ने वर्ष ५० को डम्बरबहादुर कार्की र मादी ५ बस्ने वर्ष ३० कि युका पोखरेल छन्।
याे पनि : संखुवासभा दुर्घटना : घाइतेको उद्धार गर्न काठमाडौंबाट हेलिकप्टर लगिँदै
Shares
प्रतिक्रिया