ad ad

समाज


लेटाङमा कर्फ्यूको प्रकृति बदलियो, आंशिक खुकुलो

लेटाङमा कर्फ्यूको प्रकृति बदलियो, आंशिक खुकुलो

फाइल फाेटाे


कृष्ण बहाब
चैत ८, २०७८ मंगलबार १८:१४, काठमाडौँ

एक जना प्रहरीको ज्यान जानेगरी तनाव भएको लेटाङ नगरपालिका ५ खेरुवामा जारी कर्फ्यू आदेश खुकुलो बनाइएको छ।

विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपपछि लेटाङमा हिंसात्मक प्रदर्शन भएको थियो। आइतबारको सो घटनापछि खेरुवामा कर्फ्यू लागू छ। 

त्यसक्रममा जिल्ला प्रशासन कार्यालयले सोमबार र मंगलबार पूर्ण रूपमा कर्फ्यू आदेश लगाएको थियो।

कर्फ्यूका कारण जनजीवन ठप्प भएपछि बुधबारदेखि भने प्रशासनले कर्फ्यूलाई आंशिक खुल्ला गर्ने भएको छ। मंगलबार साँझ एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले दिउसो १० बजे देखि ४ बजे सम्म र बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म मात्र कर्फ्यू आदेशलाई निरन्तरता दिएको छ। 

मंगलबार दिउसो लेटाङ नगरपालिकामा बसेको सर्वदलीय बैठकले पूर्ण कर्फ्यूले जनजीवन झन् आतंकित भएको जनाउँदै प्रशासनलाई कर्फ्यू आदेशलाई खुकुलो बनाउन माग गरेको थियो।

‘सोमबारदेखि आज (मंगलबार) सम्मको अवस्था हेर्दा लेटाङ धेरै शान्त बनेको छ’ लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले भनिन्, ‘त्यही अनुसार जनजीवन सामान्य बनाउन प्रशासन समक्ष अनुरोध गरेका थियौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .