समाज


बर्जुतालको ‘विकास’ : पानी सुकाएर ठड्याइयो ७ करोडको भ्युटावर

बर्जुतालको ‘विकास’ : पानी सुकाएर ठड्याइयो ७ करोडको भ्युटावर

सुमन पुरी
जेठ १४ , विराटनगर

प्रदेश १ को राजधानी  विराटनगरबाट साढे १३ किलोमिटर पश्चिममा पर्छ चिमडी बजार। चिमडी बजारसँग जोडिएको छ सुनसरीको बर्जुताल। यो ताल एक सय ६० बिघामा फैलिएको छ।

बर्जुतालको नामबाट गाँउपालिकाको नामाकरण भएको हो। राज्य पुनर्संरचना हुँदा तालको परिचय जोगाउन सरकारले पालिकाको नाम नै बर्जु राख्यो।

सुनसरीको दक्षिणपूर्वी भेगमा पर्ने यो गाँउपालिकाको परिचय तालसँग जोडिएको भए पनि तालको परिचय भने यहाँको पर्यावरण, जलचर र चराहरुसँग जोडिएको छ।

कोसी पंक्षी समाजका अध्यक्ष सञ्जीव आचार्यका अनुसार बर्जु क्षेत्रमा करिब २ सय प्रजातिका चराहरु भेटिन्छन्। त्यस्तै, विभिन्न प्रजातिका पुतली र सरिसृपको बासस्थान हो। 

यहाँ हिँउद महिनामा बच्चा कोरल्न साइबेरियाबाट बथानका बथान चराहरु बर्जु ताल आउने चरा विषेशज्ञहरु बताँउछन्। भदौ महिनादेखि फागुनसम्म बर्जु तालमा बाहिरबाट चराहरु आउने गरेका छन्।

उत्तरमा रहेका हिम श्रृङ्खला छिचोलेर आउने चराहरु गर्मी बढेसँगै पुनः उतै फर्कन्छन्। बर्जुमा आउने चरा सुनसरीको कोसी टप्पु वन्यजन्तु आरक्ष पुग्छन्।

चरा पिषेशज्ञ हेमसागर बराल बर्जु तालको परिचय चरासँग जोडिएको बताँउछन्। नेपालमा नपाइने चराहरु बच्चा कोरल्न बर्जु आइपुग्छन्। यहाँको वातावरण चराका लागि अनुकूल छ।

बर्जुतालको डिलमा गाई चराउन आएका ७० वर्षीया स्थानीय गयाराम चौधरी आफू सानो हुँदा तालमा माछा मार्न आउँथे।

एक पटक जाल हान्दा छाक पुग्ने माछा पथ्र्यो। पानी परेको बेला गाउँभरिका महिलाहरु जाल लिएर तालको किनारमा पुग्थे।

ताल मानिसहरुको जीविकोपार्जनसँग जोडिएको थियो। तालमा घाम छेक्नेगरी चराका बथान आँउथे। चरा उड्दा तालमा पुरै छायाँ पथ्र्यो। तर, अहिले बर्जु तालको अवस्था त्यस्तो छैन।

स्थानीय सत्ताले मासेको बर्जु
वाइल्ड फोटोग्राफीका सौखिन बिसप ताम्राकार आजकल जसलाई भेटे पनि बर्जु मासिएकोमा चिन्ता गर्छन्।

उनी स्थानीय सरकारका प्रतिनिधिले पर्यावरण मासेकोमा गाली गर्छन्। उनी बितेको १० वर्षदेखि नियमित रुपमा हिउँदमा चराको फोटो खिच्न बर्जु ताल पुगिरहेका छन्।

नयाँनयाँ प्रजातिका चरा भेटिने भएकाले उनका लागि बर्जु सधैँ आकर्षक गन्तव्य रह्यो। यस सिजनमा पनि ताम्राकार फोटो खिच्न बर्जु पुगे।

तर, ताल पुग्दा यहाँ भइरहेको कृत्रिम विकासले उनी तनावमा परे। तालको पानी डिल काटेर सुकाइएको थियो। ताल भित्र डोजर चलिरहेका थिए। पानी तान्ने पम्पसेटको चर्को आवाज थियो।

‘तालमा सयभन्दा बढी मानिसहरु काम गरिरहेका थिए। तालभित्र डोजरले माटो काटेर बीचमा माटोको थुम्को बनाउँदै थियो,’ उनले सुनाए, ‘तालको वरिपरि बनाइएका पिकनिक स्पटमा ठुल्ठूला स्पिकरमा गित घन्किएको थियो। पूर्वपट्टि पानी रहेको तालमा बोटिङ भइरहेको थियो। मानिसहरुको होहल्ला र कोलाहल थियो।’

तालको पानी सुकाइएका कारण तालमा पानी थिएन। पानी नभएपछि उनले चरा पनि भेटेनन्।

बिसप मात्रै होइन, ७० वर्षीय गयाराम चौधरी पनि चरा नआएकोमा छक्क परिरहेका छन्। उनले यस पटक हुलका हुल चरा देखेनन्। उनी सधैँ गाई चराउन बर्जुको डिलमा उक्लन्छन्। तालको सुन्दरता नियालेर समय बिताउँछन्। 

‘पानी सुकाएका कारण चरा नआएका होलान्। चरा मानिस नभएको ठाउँमा बस्ने हो। चरा बस्ने ठाँउमै मेसिन चलेपछि के आउँथे होला?’ उनले भने।

बर्जु तालको रेखदेख गर्न गाँउपालिकाबाट नियुक्त गरिएका मनिकलाल चौधरी ताल निर्माण काम भइरहेकाले यस पटक चरा नआएको बताए।

बर्जुमा तीन वटा ताल छन्। पूर्वपट्टिको तालमा अलिअलि पानी भए पनि पश्चिमपट्टिका दुवै तालमा पानी सुकाइएको छ। जेठ महिनामा पानी नभएका कारण स्थानीयले घाँस काट्ने गर्छन्।

‘हामीले गाईवस्तु पस्न दिएका छैनौँ। मानिसहरुले घाँस भने काटिरहेका छन्। केही वर्ष अघिसम्म तीन वटै तालमा पानी हुन्थ्यो, अहिले भने सुक्दै गएको छ,’ चौधरीले भने, ‘पानी भरेपछि चरा आउलान्। पहिलेकै अवस्थामा फर्किएला।’

बर्खामा नजिकै रहेको खोलामा आएको बाढी ल्याएर पानी भर्ने योजना रहेको उनले बताए

सात करोडमा भ्युटावर
गएको पुस २२ गतेदेखि बर्जुमा महोत्सव चल्यो। तालको डिलमा जोडिएको खाली जमिनमै महोत्सव आयोजना गरिएको थियो। जसमा भारतीय कलाकार खेसारीलाल यादव आउने भनेर टिकट बेचियो।

कोरोना महामारीका कारण सुनसरी प्रशासनले महोत्सव नगर्न आयोजकलाई भनेको थियो। तर पालिकाका प्रमुखको आडमा आयोजकले महोत्सव रोकनन्।

जब खेसारीलाल माघ ३ तीन गते विराटनगर आए, तब उनले स्थानीय प्रशासनले कार्यक्रम रोक लगाएको थाहा पाए। त्यसपछि उनी महोत्सवमा गएनन्। खेसारीलाल नआएको भन्दै उत्तेजित भीडले स्टेज तोडफोड र आगजनी गर्यो। खेसारीलालको ४ वटा स्कार्पियो गाडीमा आगजनी भयो।

बर्जु ताल संरक्षण समितिका इन्चार्ज सरोज चौधरी बर्जु तालको आसपासमा हुने होहल्ला र भीडभाडले बर्जुको पर्यावरण मासिँदै गइरहेको स्वीकार गर्छन्। 

‘बर्जुको पर्यटकीय विकासका लागि काम भइरहेको छ। तर पर्यावरणीय पक्षका बारेमा ध्यान गएको छैन,’ उनले भने, ‘पैसासँग मात्रै जोडेर पर्यटनको विकास गर्न खोजिएकाले बर्जुको अस्तित्व संकटोन्मुख छ।’

बर्जु तालको अवलोकन गर्न भनेर बर्जु गाँउपालिकाले ७ करोड रुपैयाँको लागतमा नौ तले भ्यू टावर बनाउँदै आएको छ।

साह निर्माण समितिसँग ४ करोड रुपैयाँको ठेक्का सम्झौता भइसकेको छ भने अरु बजेट क्रमागत रुपमा छुट्टिने गाउँपालिकाले जनाएको छ।

नौ तले भ्युटावरमा रेस्टुरेन्ट पनि बनाउने तयारी छ।

तस्बिरहरु : विसप ताम्राकार

जेठ १४, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad