समाज


एसिड पोखिएर जनकपुरको रेलमा आगो लाग्यो, यात्रु भागाभाग

आगो निभाएर रेल नेपालतर्फ, दुईजना महिला पक्राउ
एसिड पोखिएर जनकपुरको रेलमा आगो लाग्यो, यात्रु भागाभाग

फाइल तस्बिर


शैलेन्द्र महतो
जेठ १९, २०७९ बिहिबार १८:५२, जनकपुरधाम

जनकपुर आउने क्रममा रहेको नेपाली रेलमा बिहीबार दिउँसो आगो लागेको छ।

भारतको बिहारस्थित जयनगर स्टेसनबाट नेपाल आउने क्रममा रेलको एउटा डब्बामा आगो लागेको हो।

नेपालमा प्रतिबन्ध लगाइएको एसिड पोखिएपछि रेलको एउटा डब्बामा आगो लाग्दा यात्रुबीच भागाभाग भएको छ।

नेपाल आउने बेलामा एसिड पोखिएर डब्बामा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको छ।

प्रतिबन्धित एसिड बोकेका दुईजना महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर हिरासतमा लिएको छ।

ती नेपाली महिलाहरुलाई अहिले नेपाल प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन लागेको छ।

नेपाल रेल्वे कम्पनीमा महाप्रबन्धक निरञ्जन झाले जयनगर स्टेसनमा लागेको आगो निभाएर अहिले रेल जनकपुर आइसकेको छ। 

रेलमा आगो लागेर भएको क्षतिबारे एकीन भइनसकेको पनि झाले बताएका छन्। 

कसरी लागेकाे थियाे आगाे?

माथि सामान राख्ने ठाउँमा एसिड राखिएको थियो। एसिडको एक थोपा एक महिला यात्रुको पिठ्युँमा झरेपछि उनी तर्सिएर त्यहाँबाट उठिन्।

त्यसपछि सिटमा चुहिँदा धुँवा भएर आगो सल्केपछि भागाभाग भएको हाे।

त्यहाँ तल एउटा सानो ग्यास सिलिन्डर पनि थियो। सो ठाउँबाट एक युवक र पुरुष फरार भएका छन्।

ती पुरुषका श्रीमती र छोरीलाई शंकास्पद देखेपछि प्रहरीले पक्राउ गरेको हाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .