समाज


मुस्ताङबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ जना घाइते, चालक समातिए

मुस्ताङबाट फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ जना घाइते, चालक समातिए

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८३ मंगलबार ६:६, काठमाडौँ

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाको तितरमा गाडी दुर्घटना हुँदा मुस्ताङ घुमेर फर्कंदै गरेको पाँच जना आन्तरिक पर्यटक घाइते भएका छन्। 

जोमसोमबाट बेनीतर्फ आउँदै गरेको बा.१९ च ५६०२ नम्बरको स्कोर्पियो जिप ओरालो सडकमा ‘ब्रेक’ फेल भई सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। 

गाडीमा सवार आठ जनामध्ये दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरुलाई प्रदेश अस्पताल बेनीमा ल्याएर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले जानकारी दिए।  

घाइते हुनेमा काठमाडौँ बानेश्वर निवासी ४१ वर्षीया रञ्जु श्रेष्ठ, पोखरा महानगरपालिका–७ जिरो किलोमिटर निवासी ४६ वर्षीया बिन्दु बराल, ५० वर्षीय केशवप्रसाद बराल, ५३ वर्षीय देवेन्द्र बराल र ताप्लेजुङको श्रीजङ्घा गाउँपालिका–२ निवासी ३६ वर्षीय तारा कुँवर छन्।

उनीहरु सबै खतरामुक्त रहेका र स्वास्थ्यमा सुधार भएको प्रदेश अस्पताल बेनीले जनाएको छ। 

स्कोर्पियो चालक काभ्रेको फूलबारी नगरपालिका–२ घर भई हाल पोखरा–१० अमरसिंहचोक बस्ने ४२ वर्षीय नहकुलप्रसाद पुरासैनीलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad