ad ad

समाज


गौतमबुद्ध विमानस्थलबाट १२२ ग्राम सुनसहित एकजना पक्राउ

गौतमबुद्ध  विमानस्थलबाट १२२ ग्राम सुनसहित एकजना पक्राउ

सुदीप भण्डारी
असार ४, २०७९ शनिबार १३:४२, भैरहवा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२२ ग्राम सुनसहित एकजना पक्राउ परेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलकाे भन्सार कार्यालयले पाल्पाका राम्दिकोट -१ ( हाल बागनासकाली गाउँपालिका) का ३४ वर्षिय राजेन्द्र कामीलाई पक्राउ गरेको हो। 

कतारबाट ट्रान्जिट भएर कुवेत हुँदै जजिरा एयरलाइन्सको उडानबाट बिहान भैरहवा आइपुगेका उनलाई चेकजाँचको क्रममा मोजाभित्र लुकाएको ३ थान सुनको सिक्री र १ थान ब्रासलेट गरी १ सय २२ ग्राम गहना फेला परेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त भन्सार अधिकृत तिर्थराज पासवानले बताए।

'आजको सुनको मुल्य अनुसार ९ लाख ९० हजार रुपैया बराबरको हो'  उनले भने, 'उहाँसँग हिजोको आफ्नै नाममा विल काटेको रसिद पनि छ। सामान्य सोधपुछको क्रममा अपरिचित व्यक्तिले सामान भैरहवासम्म पुर्याइदे भनेर दिएको स्वीकार गरिसके।' 

आज शनिबार विदा भएकाले जिल्ला पक्राउ परेका राजेन्द्र जिल्ला प्रहरी कार्यालयको थुनामा रहेको र भोलि कार्यालय खुल्नेवित्तिकै अनुसन्धान सुरु हुने पासवानले जानकारी दिए।

उडानमार्फत आउने यात्रुले ५० ग्रामसम्मको सुन ल्याउन पाउँछन्। त्यस भन्दामाथि सय ग्रामको लागि प्रति दसग्राम १२ हजार राजस्व तिर्नुपर्ने हुन्छ।

राजस्व तिर्ने गरी आउँदा उनले ८५ हजार राजस्व तिर्नुपर्ने हुन्छ। राजस्व छली गर्न उनले मोजा भित्र सुन लुकाएर लिएर आएका हुन्।

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयले यसरी बरामद गरेको पहिलो पटक हो। 'यहाँ भन्दा पहिलो बढी ल्याएकाले राजस्व तिरेर गइसकेका छन्। लुकाइछिपाई ल्याएको पहिलो पटक हो।' पासवानले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .