ad ad

समाज


नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, ७६ वर्षीय वृद्ध पक्राउ

नौ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार, ७६ वर्षीय वृद्ध पक्राउ

नेपालखबर
असार ९, २०७९ बिहिबार ९:१६, धनकुटा

धनकुटामा नौ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।

धनकुटाको महालक्ष्मी नगरपालिका ४ की ९ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा सोही स्थानका ७६ वर्षीय विर्खबहादुर पौडेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

पक्राउ परेका वृद्ध पञ्चायतकालमा तत्कालीन चानुवा गाउँपञ्चायतका उपप्रधानपञ्चसमेत हुन्।

विद्यालयबाट घर फर्कँदै गरेकी बालिकालाई गएको शुक्रबार दिउँसो पौडेलले बाटोमै यौन दुर्व्यवहार गरेका अभिभावकको आरोप छ। घटना भएको चार दिनपछि मात्रै बालिकाले अभिभावकलाई जानकारी गराएपछि यौन दुर्व्यवहारको घटना सार्वजनिक भएको हो।

प्रहरीका अनुसार चार जना बालबालिका विद्यालयबाट सँगै घर फर्किंदै गर्दा पौडेलले तीन जनालाई पानी लिन पठाएर एक बालिकालाई मात्रै साथमै राखेर यौन दुर्व्यवहार गरेका थिए।

बालिकाकी आमाले दिएको किटानी जाहेरीको आधारमा पक्राउ गरेर कारबाही प्रक्रिया अघि बढाइएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .