समाज


सुर्खेतमा एकसय टर्की मरेको फर्ममा बर्डफ्लु पुष्टि, १५ सय टर्की नष्ट गरिँदै

सुर्खेतमा एकसय टर्की मरेको फर्ममा बर्डफ्लु पुष्टि, १५ सय टर्की नष्ट गरिँदै

नेपालखबर
असार १०, २०७९ शुक्रबार ८:५, काठमाडौँ

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ३ तातोपानीको एक टर्की फर्ममा बर्डफ्लु पुष्टि भएको छ। 

केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणबाट फर्मको टर्कीमा बर्डफ्लु संक्रमण पुष्टि भएको हो। 

फर्मका एक सय वटा भन्दा बढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौं पठाइएको थियो। 

पशुपक्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिए। 

बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ।

पशुपक्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि पाँच सय मिटरसम्म क्षेत्रमा पालिएका पक्षीलाई नष्ट गर्ने तयारी भएको छ। 

बर्डफ्लु फैलिएको फर्ममा साना–ठूला गरी झन्डै एक हजार पाँच सय वटा बढी टर्की छन्। 

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad