समाज


विप्लवका मेचीनगर इन्चार्ज गिरी पक्राउ

विप्लवका मेचीनगर इन्चार्ज गिरी पक्राउ

नेपालखबर
मंसिर २२, २०७६ आइतबार ९:१०,

प्रहरीले नेकपा विप्लव समूहका झापा जिल्ला सदस्य एवं मेचीनगर इन्चार्ज याम कुमार गिरीलाई पक्राउ गरेको छ।

गिरीमाथि गत भदौ २३ गते झापाको बिर्तामोडमा रहेको सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयको निर्माणाधिन भवनमा बम बिष्फोट गराएको आरोप छ।

झापाको शिवसताक्षी नगरपालिका–४ पाँचगाछीका ३७ वर्षीय गिरीलाई शुक्रबार काठमाडौंको तिनकुनेबाट पक्राउ गरिएको हो। उनीमाथि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad