समाज


अल्फा बिटा सञ्चालकसँग नक्सा माग्दै झोक्किए बालेन शाह (भिडिओसहित)

अल्फा बिटा सञ्चालकसँग नक्सा माग्दै झोक्किए बालेन शाह (भिडिओसहित)

अल्फा बिटा हाउस अनुगमनमा पुगेका बालेन शाह। तस्बिर : विशाल कार्की/नेपालखबर


नेपालखबर
भदौ ९, २०७९ बिहिबार १२:६, काठमाडौँ

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह अहिले नक्सा पास नभएका संरचना भत्काउने अभियानमा छन्। 

काठमाडौंको बुद्धनगरस्थित अल्फा बिटा कम्प्लेक्सले निर्माण गरेका पूर्वाधारको अनुगमन गर्न पुगेका बालेन आक्रोशित भएका हुन्। 

नक्सा मागेपछि सञ्चालकले तत्कालै दिन नसकेपछि झ्वाँक्किएका बालेनले तत्कालै अवैध संरचना रहेको सटर झार्न निर्देशन दिए। 

महानगरले यसअघि नै ३५ दिने सूचना निकालिसकेको बताउँदै बालेनले तत्कालै नक्सा उपलब्ध गराउन निर्देशन दिए।

त्यसपछि अल्फा बिटा समूहका अध्यक्ष द्विराज शर्माले बालेनलाई डन हो कि के हो? भन्दै प्रश्न गरेका थिए। उनले आफूलाई थर्काउन खोजेको गुनासो गरेका थिए।​

बालेनले बिहीबार शंखमुलस्थित बर्गर हाउसको पनि अनुगमन गरेर बेसमेन्ट खाली गराउन निर्देशन दिएका छन्। 

अल्फा बिटाले फुटपाथमै पार्किङदेखि नक्साबिनाको संरचना बनाएको गुनासो आएको थियो। बालेनमाथि अल्फा बिटाका सञ्चालक शर्माले स्टन्ट गरेको पनि आरोप लगाए। तर बालेनले आफूले मिडिया ल्याएर स्टन्ट नगरेको जवाफ दिए।

अल्फा बिटाका सञ्चालक शर्मा त्यसपछि बालेनको व्यवहारलाई लिएर आक्रोशित भए। उनले डन शैली नदेखाउन पनि बालेनलाई चेतावनी दिएका थिए। 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .