ad ad

समाज


एकै दिन ७४० जना भाडाका सवारी चालक कारबाहीमा

एकै दिन ७४० जना भाडाका सवारी चालक कारबाहीमा

फाइल फोटाे


नेपालखबर
भदौ २१, २०७९ मंगलबार २०:९, काठमाडौँ

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले भाडाका सवारी चालक तथा यात्रुहरूको सुरक्षालाई मध्यनजर गरेर ‘ब्ल्याक एण्ड ह्वाइट’ नामक अपरेसन शुरु गरेको छ। 

मंगलबार मध्यान्ह १२ बजेदेखि दिउँसो ३ बजेसम्म भाडाका सवारी साधनलाई लक्षित गरेर ट्राफिक चेकजाँच गरिएको हो।

चेकजाँचको क्रममा अवस्था ठिक नभएका सवारी साधन चलाउने १ सय ८९ जना, तीब्र गतिमा सवारी साधन चलाउने ८ जना र अन्य ट्राफिक नियम उल्लंघन गरी सवारी साधन चलाउने ५ सय ४३ जना गरी ७ सय ४० जना चालकहरू कारबाहीमा परेका छन्।

भाडाका सवारी साधनहरुमा धेरै यात्रुहरुले यात्रा गर्ने हुँदा यस्ता सवारी साधनहरुले ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटना हुन गई धेरै जनधनको क्षती हुने सम्भावना रहेकोले सम्भावित दुर्घटना न्यूनीकरण गर्नको लागी ट्राफिक प्रहरीले विशेष अभियाननै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही गरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए।

साथै आगामी दिनमा पनि ‘ब्ल्याक एण्ड ह्वाइट अपरेसन’ ले निरन्तरता पाउने प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .