ad ad

समाज


निश्चलको आक्रोश : एम्बुलेन्समा छट्पटाएको ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

निश्चलको आक्रोश : एम्बुलेन्समा छट्पटाएको ज्यानभन्दा ठूलो भीआईपीको सवारी हुँदैन

नेपालखबर
भदौ २८, २०७९ मंगलबार १४:४१, काठमाडौँ

नेपालको तीन दिने भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चाङ्सुको सवारीका कारण राजधानीको यातायात अस्तव्यस्त बनेपछि आक्रोश बढ्न थालेको छ।

विदेशी भीआईपीको सवारीका नाममा एम्बुलेन्सलाई समेत गुड्न नदिएपछि सर्वसाधारणदेखि सेलिब्रिटीसमेतले आक्रोश पोखेका हुन्।

यसरी आक्रोश पोख्नेमध्ये एकजना हुन् निर्देशक निश्चल बस्नेत। उनी आफैं पनि जाममा फसेपछि फोटोसमेत सामाजिक सञ्जालमा राखेर आक्रोश व्यक्त गरेका छन्। 

उनले एम्बुलेन्समा छटपटाइरहेको बिरामीको ज्यानभन्दा भीआईपीको सवारी नहुने पनि तर्क गरेका छन्। 

'कसैले ती भीआईपीलाई सुनाइदिनु तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भीआईपीहरुले एम्बुलेन्सभित्र छट्पटाइरहेको ज्यानसमेत दाउमा राखेका छन्', उनले भनेका छन्, 'जति नै ठूलो मान्छे आए पनि ट्राफिक प्रहरीले एम्बुलेन्सलाई रोकिदिनु भएन। ज्यानभन्दा ठूलो सवारी कुनै कुनै भीआईपीको हुनु हुँदैन।'

चिनियाँ तेस्रो वरीयताका नेता ली चाङ्सु काठमाडौं आएदेखि यहाँको ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ।

खासगरी नयाँबानेश्वरस्थित संसद भवनदेखि उनलाई राखिएको होटल सोल्टीसम्मको सडक खाली गराइँदा उपत्यकाभरकै ट्राफिक अस्तव्यस्त भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .