ad ad

समाज


अवस्था ठिक नभएका ३१ वटा गाडी नियन्त्रणमा

अवस्था ठिक नभएका ३१ वटा गाडी नियन्त्रणमा

फाइल फोटाे


नेपालखबर
असोज १३, २०७९ बिहिबार १७:१५, काठमाडौँ

ट्राफिक प्रहरीले अवस्था ठिक नभएका ३१ वटा सवारी साधन नियन्त्रणमा लिएको छ। 

काठमाडौंको बौद्ध नारायणटारमा आज गरिएको विशेष यान्त्रिक चेकिङका क्रममा अवस्था ठिक नभएका बस, टेम्पो, माइक्रो बस, डीआई गाडी लगायतका ३५ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गर्नुका साथै ३१ ओटालाई नियन्त्रणमा लिएको छ । 

आज बिहान तालिम प्राप्त प्राविधिक सहितको टोलिद्धारा २५५ ओटा सवारी साधनलाई गरिएको चेकिङको क्रममा अवस्था ठिक नभएका ३५ ओटा सवारी साधनलाई कारबाही गरिएको र ३१ ओटालाई नियन्त्रणमा  लिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्। 

नियन्त्रणमा लिएका ३१ ओटा सवारी साधनलाई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था विभाग पठाउन लागिएको छ।

अवस्था ठिक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न आज बिहान सवारी साधनको अवस्था चेकजाँच गर्न काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट प्रहरी नायव उपरीक्षक दलराम टमटाको कमाण्डमा ट्राफिक प्रहरीको टोली काठमाडौँको बौद्द नारायणटार क्षेत्रमा खटिएको थियो।

अवस्था ठिक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले गत भदौ १५ गते देखि अभियानकै रुपमा कारबाहीलाई थप तिब्रता दिँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .