समाज


राष्ट्रपतिले गुरुको हातबाट दसैँको टीका लगाइन्, अब उनले अरूलाई लगाइदिँदै

राष्ट्रपतिले गुरुको हातबाट दसैँको टीका लगाइन्, अब उनले अरूलाई लगाइदिँदै

राष्ट्रपति भवनमा बुधबार राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : रत्न श्रेष्ठ/रासस


नेपालखबर
असोज १९, २०७९ बुधबार १३:५८, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीले गुरूहरू देवराज अर्याल र खेमचन्द्र ढकालको हातबाट बडादसैँको टीका ग्रहण गरेकी छन्। 

राष्ट्रपति भवनमा बुधबार राष्ट्रपति कार्यालयका मूलपूजारी खेमचन्द्र ढकालबाट शुभसाइतमै टीका तथा प्रसाद ग्रहण गर्दैराष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : रत्न श्रेष्ठ/रासस

बडादसैँ २०७९ को अवसरमा उनले शीतलनिवासमा गुरूहरूबाट टीकाको साइतअनुसार ११ः५१ बजे टीका ग्रहण गरिन्। 

राष्ट्रपतिले आफूले टीका लगाएपछि परिवारका सदस्यलाई टीका लगाइदिएर विशिष्ट व्यक्तित्वका साथै सर्वसाधारणलाई टीका प्रसाद प्रदान गर्दै छिन्। 

विजया दशमीका दिन बुधबार राष्ट्रपति भवनमा आयोजित टीका कार्यक्रममा राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाइदिँदै। तस्बिर : रत्न श्रेष्ठ/रासस

राष्ट्रपति कार्यालयले तयार गरेको कार्यतालिकाअनुसार व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रिगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तित्वलाई आज दिउँसो २ बजे देखि ३ बजेसम्म तथा सर्वसाधरणलाई दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम छ।  

राष्ट्रपति भवनमा बुधबार आयोजित दसैँको टीका कार्यक्रममा आफ्ना नातिनीलाई टीका तथा प्रसाद लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : रत्न श्रेष्ठ/रासस
 

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार  विजया दशमीका दिन राष्ट्रपतिबाट टीका ग्रहण गर्नका लागि राष्ट्रपति कार्यालयले मर्यादित पोसाकमा उपस्थित हुनसमेत अनुरोध गरेको छ। रासस 

राष्ट्रपति भवनमा बुधबार आयोजित दसैँको टीका कार्यक्रममा राष्ट्रपति कार्यालयमा कार्यरत सुरक्षाकर्मीलाई टीका तथा प्रसाद लगाइदिँदै राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : रत्न श्रेष्ठ/रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .