समाज


पूर्णशान्ति पुरस्कार डीएसपी घिमिरेलाई, साहसिक पुरस्कार थापालाई

पूर्णशान्ति पुरस्कार डीएसपी घिमिरेलाई, साहसिक पुरस्कार थापालाई

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १२:२५, काठमाडौँ

कालिमाटी बृत्तका डीएसपी अनिल कुमार घिमिरेले पूर्ण शान्ति पुरस्कार पाएका छन्। नोपाल प्रहरीको ६७ औं स्थापना दिवशको अवसरमा घिमिरेलाई सो पुरस्कारबाट सम्मान गरिएको हो।

शान्ति सुरक्षा बहाल गरी कानून कार्यान्वयन गर्ने क्रममा योगदान पु¥याएबापत प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पुरस्कार प्रदान गरेका हुन्। 

यस्तै साहसिक तथा जोखिमपूर्ण कार्य गरे वापत प्रहरी निरीक्षक दिपक थापालाई योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरिएको छ।

अन्य विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु पनि पुरस्कृत भएका छन्। 

नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक सुदर्शन कोइराला, मधेश प्रदेश तालिम केन्द्र राजविराजका प्रहरी वरिष्ठ उपरीक्षक रविन्द्र केसी, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुरका प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापा, जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक दिलिप घिमिरे, प्रहरी वृत्त महाराजगंजका प्रहरी नायव उपरीक्षक अंगुर जिसी, ईलाका प्रहरी कार्यालय दुहवी सुनसरीका प्रहरी निरीक्षक जयदेव माझी, प्रहरी प्रभाग सानेपाका प्रहरी निरीक्षक उमेश गुरूङ श्रेष्ठ र प्रहरी चौकी चौघडा मकवानपुरका प्रहरी नायव निरीक्षक रामशरण दुलाललाई प्रशंसापत्र एव् पुरस्कार प्रदान गरिएको छ। 

उत्कृष्ट अनुसन्धानकर्ता प्रहरी नायव उपरीक्षक रुगम बहादुर कुँवर र प्रहरी नायव निरीक्षक मदन राज स्याङ्बो भएका छन्। उत्कृष्ट ट्राफिक व्यवस्थापनतर्फ प्रहरी निरीक्षक नरेश शाही, उत्कृष्ट विपद् उद्दारक प्रहरी नायव निरीक्षक सूर्य सिंह थापा, सपोर्टिभ समूह (प्राविधिक)तर्फ प्रहरी उपरीक्षक पुस्कर राज भट्ट, प्रहरी निरीक्षक सर्मिला भट्ट, प्रहरी वरिष्ठ नायव निरीक्षक कृष्ण बानियाँ, प्रहरी नायव निरीक्षक मणी भुषण कुमार झा, प्रहरी नायव निरीक्षक कोपिला केसी, प्रहरी हवल्दार राम बहादुर गुरूङ, प्रहरी हवल्दार तुलाराज मुक्तान, प्रहरी हवल्दार बिश्णु सुवाल र प्रहरी कार्यालय सहयोगी बालकुमारी पुनले पाएका छन्। 

यसैगरी जोखिमपूर्ण कार्यतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी वरिष्ठ हवल्दार श्यामकान्त श्रीवास्तव, उत्कृष्ट खेल प्रशिक्षक तथा खेलाडीतर्फ प्रहरी सहायक हवल्दार राकेश महर्जन, प्रहरी जवान कमला पुन, प्रहरी जवान चन्द्रकला लामगादे र नेपाल प्रहरी पुरूष क्रिकेट टिमका खेलाडी दिपेन्द्र सिंह ऐरी, उत्कृष्ट आन्तरिक तथा बाह्य प्रशिक्षकतर्फ प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्का र प्रहरी हवल्दार महेन्द्र खत्री क्षेत्री र उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक किरण तामाङलाई कदरपत्र एव् पुरस्कार प्रदान गरिएको छ। 

यसैगरी प्रहरी महानिरीक्षक सिंहले प्रहरी द्वैमासिक पत्रिकामा गत १ वर्षभित्र प्रकाशित लेख रचनामध्ये प्रहरीतर्फ प्रहरी नायव उपरीक्षक भोजराज पाण्डे र सर्वसाधारणतर्फ काठमाडौं चाबहिलका अच्युत प्रसाद पौडेल चिन्तनलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेका छन्।

नेपाल प्रहरीलाई निस्शुल्क जग्गा प्रदान गर्नुहुने १५ जना जग्गादाताहरु र नेपाल प्रहरी स्मारक गुठिका १२ जना आजिवन सदस्यहरूलाई कदरपत्र प्रदान गरिएको छ।

यसैगरी नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्याएवापत् राष्ट्रिय बाणिज्य बैंक लिमिटेड सिंहदरवार, नेपाल टेलिकम केन्द्रीय कार्यालय, एनसिएल अक्षता लिमिटेडका प्रतिनिधिहरू, केल्ली स्पोर्टस प्रालिका मेनेजिङ डाईरेक्टर उत्तम न्यौपाने, नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजका मेडिकल डाईरेक्टर डा. रोमन किदवाई, जनकपुर उपमहानगरपालिका(८ बाल्मिकीनगरका अमर चन्द्र अनिललाई प्रशंसापत्र प्रदान गरिएको छ। 

राष्ट्रपतिबाट २०७७ र २०७८ को संविधान दिवसको अवसरमा प्रहरी कर्मचारीहरूलाई प्रदान गरिएको नेपाल प्रताप सुभूषण ३७ जना, नेपाल प्रताप आभूषण २५ जना, नेपाल प्रताप भूषण २० जना, राष्ट्र सेवा पदक प्रथम श्रेणी १ जना र विरता पद २ जनालाई प्रदान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad