ad ad

समाज


शुक्र‍ अस्तमा चतुर्मास व्रत समापन गर्न हुन्छ कि हुँदैन? यसो भन्छन् धर्मशास्त्रविद्

शुक्र‍ अस्तमा चतुर्मास व्रत समापन गर्न हुन्छ कि हुँदैन? यसो भन्छन् धर्मशास्त्रविद्

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १२:१, काठमाडौँ

शुक्र अस्तमा चतुर्मास व्रत समापन गर्न नहुने भनी गरिएको प्रचारप्रसार शास्त्रीय नभएकामा धर्मशास्त्रविद्ले जोड दिएका छन्। 

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म घरघरमा विशेष रुपमा तुलसीको पूजा आराधनासहित चतुर्मास व्रत एवम् कार्तिक स्नान गर्ने वैदिक सनातन हिन्दू धर्मावलम्बीले कार्तिक शुक्ल द्वादशीदेखि हवन गरेर व्रत समापन गर्ने गर्छन्। यस वर्ष असोज १४ गते अस्त भएको शुक्र मङ्सिर ६ गते उदय हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। 

यो अवधिमा कुनै कामनाले गरिने कर्म मात्र गर्न नहुने धर्मशास्त्रविद् समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउँछन्। चतुर्मास व्रत प्रत्येक वर्षको नियमित कर्म भएकाले शुक्र एवम् वृहस्पति अस्तले यस्ता कर्म नरोकिने उनले सुनाए। केही व्यक्तिले सामाजिक सञ्जाललगायतबाट गरेको यससम्बन्धी प्रचारप्रसार गलत रहेको समितिले जनाएको छ। 

धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम शुक्र अस्त भएकाले चतुर्मास व्रत समापन गर्नुहुन्छ कि हुन्न भनि दैनिक धेरैले सम्पर्क गर्ने गरेको बताउँछन्। तिथिअनुसार प्रत्येक वर्ष मनाइने चाडबाड मनाउन र नियमित व्रत समापन गर्न शुक्र एवम् वृहस्पति अस्तले फरक नपर्ने उनले बताए। पुराण वाचन, विवाह, व्रतबन्धजस्ता कर्म भने शुक्र एवम् वृहस्पति अस्तका बेला गर्नु नहुने शास्त्रीय वचन छ। 

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वादशीदेखि मार्ग शीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको विशेष पूजा समापन गर्न गरिने हवनका लागि अग्नि जुराउनु पर्दैन। त्यसपछि भने अग्निे जुरेका दिनमा मात्र चतुर्मास व्रत समापनसहित तुलसीको विशेष पूजा उद्यापन गरिन्छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .