खेल


विश्वकपअघि मेस्सीलाई चोट

विश्वकपअघि मेस्सीलाई चोट

नेपालखबर
कात्तिक २०, २०७९ आइतबार १२:९, काठमाडौँ

विश्वकप फुटबल सुरु हुन दुई साता मात्रै बाँकी हुँदा अर्जेन्टिना चोटको तनावमा परेको छ। अर्जेन्टिनाका कप्तानसमेत रहेका स्टार लियोनल मेस्सी घाइते भएका हुन्। 

पेरिस सेन्ट जर्मनले घाइते भएका कारण लिग १ का खेल गुमाउने निश्चित गरेको हो। आइतबार हुने लिग १ को खेलमा लोरियन्टविरुद्ध मेस्सी उपलब्ध नहुने भएका छन्। तर उनी विश्वकपका लागि भने फिट हुने अपेक्षा गरिएको छ। 

प्रशिक्षणका क्रममा मेस्सीको गोलिगाँठामा चोट लागेको छ। चोट सामान्य नै रहेको र विश्वकपअघि नै ठिक भइसक्ने मेडिकल टिमले जानकारी गराएको छ। पीएसजीले विश्वकप अघि अर्को खेल अक्जेरसँग खेल्दै छ। विश्वकपअघि दुवै खेल गुमाउने सम्भावना छ। 

३५ वर्षीय मेस्सी नेतृत्वको टिमलाई कतार विश्वकपको बलियो दाबेदार मानिएको छ।

व्यक्तिगत तथ्यांकमा अब्बल मेस्सीले अहिलेसम्म विश्वकप भने जित्न सकेका छैनन्। उनको नेतृत्वमा अर्जेन्टिनाले २०२१ मा कोपा अमेरिका जितेको थियो। अहिलेसम्म देशका लागि जितेको यो नै प्रमुख उपाधि हो। 

कतार विश्वकपमा अर्जेन्टिना समूहमा सी मा छ। यो समूहमा साउदी अरेबिया, मेक्सिको र पोल्याण्ड छन्। विश्वकप मंसिर ४ गते सुरु हुँदै छ। 
मंसिर ६ गते अर्जेन्टिनाले पहिलो खेल साउदी अरेबियासँग खेल्दै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .