समाज


निर्वाचनका दिन सार्वजनिक सवारी साधन नचल्ने

निर्वाचनका दिन सार्वजनिक सवारी साधन नचल्ने

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार १९:१८, काठमाडौँ

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मंसिर ४ गते काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन्।
    

निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौँ, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को आज बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए।
    
निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे। मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो।

बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ। अत्यावश्यक सेवाबाहेक मङ्सिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उहाँको भनाइ छ। खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .