कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा किरियापुत्रीले मतदान गरेका छन्।
क्षेत्र नम्बर २ मा पर्ने शुक्लाफाँटा नगरपालिका–१० मा रहेको सरस्वती मावि मतदान केन्द्रमा चारजना किरियापुत्रीले मतदान गरेका हुन्।
बुवा मीनबहादुर ऐरको निधनको शोकमा किरिया बसेका छोराहरु राजेन्द्र, बिरेन्द्र, अमर र अतुलले मतदान गरेको स्थानीय जय ऐरले जानकारी दिए।
उनीहरुसँगै आमा धौलीदेवी ऐरले पनि मतदान गरेकी छन्।
समाजसेवी मीनबहादुरको चार दिन अघि निधन भएको थियो। उनका छोरा अतुल कांग्रेसको वडा कार्यसमिति सचिव र राजेन्द्र नेपाल तरूण दलको वडा कार्यसमिति सभापति हुन्।
कञ्चनपुर–२ मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता एनपी साउद र नेकपा एमालेका तर्फबाट नरबहादुर धामी प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।
672
Shares
प्रतिक्रिया