ad ad

समाज


सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, महानगरका एसपीको टाउको फुट्यो

सुकुम्बासी बस्ती हटाउन खोज्दा तनाव, महानगरका एसपीको टाउको फुट्यो

बस्ती हटाउने क्रममा खटिएका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे। तस्बिर : नेपालखबर


नेपालखबर
मंसिर १२, २०७९ सोमबार १६:१३, काठमाडौँ

थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासीहरुको बस्ती हटाउन पुगेका काठमाडौं महानगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेको टाउको फुटेको छ।

बस्ती हटाउन आएपछि प्रतिकारमा उत्रिएकाहरुले घरेलु हतियार र ढुंगामुढा गर्दा महानगरका कयौँ प्रहरी घाइते भएका छन्। 

त्सक्रममा आक्रमक बनेका सुकुम्बासीहरुले ढुंगा र इँटा हान्दा महानगरका एसपी राजु पाण्डेको टाउको फुटेको छ। ढुंगाले लागेर टाउकोमा चोट लागेपछि उनको अहिले उपचार भइरहेको छ।

एसपी पाण्डे बस्ती हटाउने योजनासहित सयौँ नगरप्रहरी लिएर बस्तीमा पुगेका थिए। तर सुकुम्बासी बस्तीकाहरु घरेलु हतियारसहित उत्रिएपछि तनाव भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .