ad ad

समाज


ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

ललितकलासँग सम्बन्धित सामग्रीको आयात शुल्क छुट गर्न माग

नेपालखबर
मंसिर १५, २०७९ बिहिबार १५:३, काठमाडौँ

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ललितकलासँग सम्बन्धित सामग्रीहरुको आयात शुल्क छुट गर्न सरकारसँग माग गरेको छ। 

बिहीवार नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३ औँ प्राज्ञ सभाको उद्घाटन समारोहमा बोल्दै प्रतिष्ठानका कुलपति के.के. कर्माचार्यले सरकारसँग ललितकला सम्बन्धी विभिन्न विषयमा नीतिगत सुधारको माग गरिएको बताए।

उनले सरकारले ललितकलासँग सम्बन्धित वस्तुहरुको निर्यातमा सुविधा दिनुपर्ने बताए। कला तथा सिर्जनाका लागि आवश्यक रङ, ब्रस लगायत अन्य सामग्रीहरुको आयात शुल्क छुट गर्नुपर्ने उनले माग राखे।

त्यसैगरी नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद बिक्रीमा लिलामी प्रणाली अपनाउनुपर्ने उनको भनाई छ। त्यसका लागि प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्नेमा उनले जोड दिए।

कुलपति कर्माचार्यले सातवटै प्रदेशमा कला प्रदर्शनी र प्रतियोगिता गराएर छनोट भएका कलाकृतिहरुलाई राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउनुपर्ने व्यवस्था हुनुपर्ने र सबै क्षेत्रहरुमा प्रतिष्ठानका शाखा कार्यालयहरुको व्यवस्था हुनुपर्ने उल्लेख गरे।

उनले भने, ‘हामीले केही नीतिगत कुराहरु अघि सारेका थियौँ। निर्यातजन्य ललितकलासँग सम्बन्धीत बस्तुहरुको निर्यातमा सुविधामा सुधार गर्ने। कला, सिर्जनाका लागि आवश्यक रङ, ब्रस, यन्त्र तथा अन्य सामानहरुको आयातमा भन्सार शुल्क र कर छुट दिने। नेपाली परम्परागत वा आधुनिक कलाकृति खरिद विक्रीमा बजार व्यवस्था लिलामी प्रणाली अपनाउन र प्रोत्साहन गर्न नीति, नियम र कानूनी सुधार हुनुपर्ने। सातै प्रदेशमा कला गतिविधि हुनु र क्षेत्रिय कला प्रदर्शनी र प्रतियोगिता गराई छनौट भएका कलाकृतिहरु राष्ट्रिय कला प्रदर्शनीमा समावेश गराउने व्यवस्था गर्न र क्षेत्रहरुमा प्रतिष्ठानका शाखाहरुको व्यवस्था हुनुपर्ने।’ 

यस्तैगरी प्रतिष्ठानले अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रियस्तरका गतिविधि हुनुपर्नेमा जोड दिएको छ। 

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा योगदान दिने कलाकारहरुहरुलाई उच्चस्तरको पदक र पुरस्कारको व्यवस्था गर्नुपर्ने कुलपति कर्माचार्यले बताए। उनले ललितकला र पर्यटकीय विकासका निम्ति वृहत कलाग्रामको स्थापना हुनुपर्नेमा जोड दिए।

उनले थपे, ‘अन्तर्राष्ट्रिय कला प्रदर्शनी जस्ता अन्तर्राष्ट्रिय गतिविधि हुनुपर्ने। संग्रहालय, ग्यालरी, संस्था, प्रतिष्ठान आदीको अध्ययन, अनुसन्धान हुनुपर्ने। राष्ट्रिय, अन्तर्राष्ट्रिय ललितकला क्षेत्रमा उच्च योगदान दिने कलाकारहरुलाई उच्च मूल्यांकन गरी उच्चस्तरको पदक तथा पुरस्कारको व्यवस्था हुनुपर्ने। ललितकला र पर्यटकीय विकासका निमित्त एउटा वृहत कलाग्रामको स्थापना हुनुपर्ने।’


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .