ad ad

समाज


ट्रान्सपरेन्सी इन्टरनेशनल भन्छ : बढ्दो भ्रष्टाचारले नेपालको अवस्था चिन्ताजनक

प्रधानमन्त्री भन्छन् : नियन्त्रणमा सरकार प्रतिवद्ध छ
ट्रान्सपरेन्सी इन्टरनेशनल भन्छ : बढ्दो भ्रष्टाचारले नेपालको अवस्था चिन्ताजनक

नेपालखबर
मंसिर २३, २०७९ शुक्रबार १२:१८, काठमाडौँ

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले नेपाल भ्रष्टाचारले चिन्ताजनक अवस्थामा ल्याएको जनाएको छ। 

भ्रष्टाचार विरुद्धको अन्तराष्ट्रिय दिवको अवसरमा ट्रान्सपरेन्सी नेपालले विशवको उच्च भ्रष्टाचार हुने मुलुकमा नेपाल दर्ज हुनु नै चिन्ताको विषय भएको जनाएको हो। 

अख्तियार दुरुपयोग अनुसनधन आयोगको कार्यालयमा आयोजित कार्यक्रम्ममा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालकी अधयक्ष मद्यिनी प्रधानाङ्गले नेपालले भ्रष्टचार नियन्त्रणको सूचक मापनमा एक सयमा ३२ अंक मात्रै पाएको जानाकारी दिइन्। 

उनले ५० अंकभन्दा कम पाउने मुलुक आफैँमा उच्च भ्रष्टाचार हुनेमा दर्ज हुने जानकारी दिएकी छन्। 

यस्तो सूचक अब आउने क्रममा पनि नेपालको हकमा उस्तै रहेको उनको भनाइ छ। यस्ता सूचकले आमनेपालीको मन दुख्ने गरेकाले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले विशेष ध्यान  दिनुपर्ने उनले बताइन्।

कार्यक्रमममा प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रणका लागि  सरकार प्रतिवद्ध रहेको बताएका छन्। 

उनले भ्रष्टाचार नियन्त्रणका लागि निरोधात्मक, प्रवर्द्धनात्मक र उपचारात्मक तीनवटै उपायहरुलाई सँगसँगै कार्यान्वयनमा उतार्न आवश्यक रहेको जानाकारी गराए।  

कानुनको पालना, सार्वजनिक निकायहरुको सुदृढीकरण, जवाफदेही र पारदर्शी कार्यप्रणाली, सार्वजनिक खरिद प्रणालीमा शुद्धता जस्ता विषयले भ्रष्टाचार नियन्त्रणमा महत्वपूर्ण सहयोग र्पुयाउने भएकाले यसतर्फ ध्यान दिन उनले आग्रह गरेका छन्। 

‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग, न्यायिक निकायहरु लगायतका निकायहरुको संस्थागत सुदृढीकरण, अनुसन्धान पद्धतिमा निरन्तर सुधार तथा न्याय निरुपणमा संवेदनशीलता जस्ता पक्षमा पनि गम्भीरतापूर्वक ध्यान दिन जरुरी छ,’ उनले भने।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार बहुआयामिक र जटिल विषय बनेको भन्दै उनले यसको रोकथामका लागि सबैको सहज हुनेपर्ने बताए। 

‘भ्रष्टाचार नियन्त्रण तथा सदाचार प्रवद्र्धन गरी सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न आयोगले नेतृत्वदायी भूमिका निर्वाह गर्ने छ,’ उनले भने।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामप्रसाद घिमिरेले भ्रष्टाचार निणन्त्रणनै नै प्रमुख विषय रहेकाले त्यसैको लागि यो वर्ष ‘युनिटिङ द वर्ल्ड एगेन्ष्ट करप्सन’ भन्ने नाराका साथ मनाइएको जानाकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .