समाज


आजको मौसम : तराईमा कुहिरो, पहाडमा घाम

आजको मौसम : तराईमा कुहिरो, पहाडमा घाम

फाइल फाेटाे : सर्लाहीकाे हरिवन


नेपालखबर
पुस २३, २०७९ शनिबार ८:२३, काठमाडौँ

हाल नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार यतिबेला (शनिबार बिहान) देशका पहाडी भेगका अधिकांश स्थानमा घाम लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली (आकाशमा थोरै बादल) को अवस्था छ। तराईका धेरैजसो स्थानमा हुस्सु/कुहिरो लागिरहेको उनले बताए।

‘मध्याह्नपछि हुस्सु/कुहिरो हटेर जान्छ, तर कतिपय स्थानमा बेलुकासम्मै रहने सम्भावना पनि छ’, मौसमविद् पौडेलले भने। 

आज वर्षा र हिमपात हुने सम्भावना भने कतै नभएको उनले बताए। 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशको पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै स्थानमा भने हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। 

बुलेटिनअनुसार आज राति पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै स्थानमा हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। 

काठमाडौँको तापक्रम
मौसमविद् पौडेलका अनुसार आज बिहान साढे ६ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.३ डिग्री सेल्सियस छ। अहिले बिहान ८:४५ बजे यो अपडेट गरिनेछ भने त्यतिबेला महाशाखाले देशका अन्य स्थानका न्यूनतम तापक्रम पनि सार्वजनिक गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .