समाज


पशुपति मन्दिर परिसमा भारतीय राजदूतावासले गर्‍यो दौड प्रतियोगिता

पशुपति मन्दिर परिसमा भारतीय राजदूतावासले गर्‍यो दौड प्रतियोगिता

नेपालखबर
माघ ७, २०७९ शनिबार २०:१५, काठमाडौँ

भारतीय राजदूतावासले पशुपति मन्दिर परिसरमा ५ किलोमिटर लामो दौड आयोजना गरेको छ। 

वातावरण मैत्री लाइफ प्रवर्दन गर्ने उद्देश्यका साथ दौड आयोजना गरिएको जनाइएको छ। 

जलवायु परिवर्तन विरुद्ध व्यक्ति, परिवार तथा समुदायस्तरबाट भएका संयुक्त प्रयास एवम् योगदानलाई प्रवर्धन गर्न माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले सन् २०२२ अक्टोबरमा संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसको समुपस्थितिमा मिशन लाइफको सुरुवात भएको हो। 

कार्यक्रम नेपालका तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किँराती र भारतीय राजदूत नवीन श्रीवास्तवले झण्डा देखाई दौड कार्यक्रम सुरुवात भएको थियो। 

सौ दौडमा कलाकार प्रदिप खड्का, पर्वतारोहीद्वय पुर्णिमा श्रेष्ठ र कल्पना महर्जन र नेपालका प्रथम ‘आइरन म्यान’ उपाधी विजेता आलोक खत्री लगायत १००० जनाको सहभागिता थियो ।

कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले भारत र नेपालका जनताले वातावरण मैत्री जीवनशैली अपनाई पृथ्वीलाई बचाउने कार्यमा हातेमालो गर्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .