ad ad

समाज


घरमा आगलागी हुँदा जलेर ९१ वर्षीय वृद्धको मृत्यु

घरमा आगलागी हुँदा जलेर ९१ वर्षीय वृद्धको मृत्यु

फाइल।


नेपालखबर
फागुन १६, २०७९ मंगलबार ९:३५, काठमाडौँ

लमजुङ दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेँसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर मृत्यु भएको छ।

गए राति घरमा अचानक आगलागी हुँदा उनीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिए।
 

जस्तापाताको छाप्रोमा बस्दै आउनुभएका कामीको छाप्रोमा अचानक आगलागी भएको र अशक्त कारण बाहिर निस्किन नसक्दा जलेर मृत्यु भएको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ।

चुलोमा बलेको आगो निभाउन बिर्सिदा आगलागी भएको हुनसक्ने प्रहरीले जनाएको छ।
 
आगलागीबाट छाप्रो नजिकै रहेको सात भेडा, तीन भैँसी, छ रागासमेत घाइते भएका छन्  दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना  हुन नदिन सचेत बन्न आग्रह गरे। रासस 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .