ललितपुरको पाटनस्थित गावाहलमा आज (शनिबार) बिहान शंकास्पद वस्तु भेटिएको छ।
प्रहरीका अनुसार टेपले बेरिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो।
शंकास्पद वस्तु डिस्पोज गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको ललितपुर प्रहरी परिसरले जनाएको छ।
अहिले प्रहरीले शंकास्पद वस्तु भएको क्षेत्रमा घेरा हालेर सुरक्षित साथ राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया