अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दामा भएको फैसलाउपर चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
सुरेन्द्रबहादुर थापाले पाँच लाख रुपैयाँ घूस रिसवत रकम माग गरेको मुद्दामा विशेषले सफाइ दिएपछि अख्तियार सर्वोच्च पुगेको हो।
सो मुद्दामा आयोगको निर्णय अनुसार आज (चैत १२ गते) सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता भोला दाहालले जनाएका छन्।
थापाले घूस रिसवत रकम आफूले लिन मञ्जुर गरी लिएको देखिएको अवस्थामा उच्चले गरेको फैसला त्रुटिपूर्ण रहेको अख्तियारको ठहर छ।
चैत १२, २०७९, आइतबार
प्रतिक्रिया