कोभिड महामारीका बेला ज्यान गुमाउने अभिभावकहरुले औषधि र डाक्टरको कमीभन्दा पनि छोरीको कमीले ज्यान गुमाउनुपरेको बालरोग तथा शून्यको मूल्य पुस्तकका लेखक डा. नवराज केसीले बताएका छन्।
बुधबार कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को पहिलो सत्र ‘स्वस्थ महिला, सबैभन्दा पहिला’ मा आफ्ना कुरा राख्दै डा. केसीले छोरी नभएका अभिभावकहरुले स्याहार नपाएका ज्यान गुमाउनुपरेको बताएका हुन्।
कोभिड महामारीका क्रममा महिलाहरूका कारण धेरै बिरामी निको भएको उनले सुनाए।
‘हाम्रो समाजमा जति पनि कोभिडले बुवाआमा बित्नुभयो, उहाँहरू डाक्टरको कमीले होइन। छोरीहरूको कमीले बित्नु भएको हो’, उनले भने, ‘छोरीहरूले बिरामीको निकै हेरचाह गरे। डाक्टरहरूले नभ्याए केही महिलाहरूले आफ्ना अभिभावक बचाएको मैले देखेको छु।’
त्यस्तै उनले आफू सुरुमा बच्चाको डाक्टरजस्तो मात्र लागे पनि कर्णालीका दूरदराजमा खटिँदा आमाहरूको पनि डाक्टर भएजस्तो लागेको बताए।
उनका अनुसार सुरुमा आफू म बच्चाको डाक्टरजस्तो लाग्थ्यो, अहिले आमाहरूको डाक्टर पनि हो कि जस्तो लाग्छ।
प्रतिक्रिया