तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन जारी छ। बिहान ७ बजेबाट भएको मतदान अहिलेसम्म शान्तिपूर्ण रुपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
तनहुँ–१ मा सत्ताच गठबन्धनका तर्फबाट कांग्रेसका गोविन्द भट्टराई, नेकपा एमालेका तर्फबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. स्वर्णिम वाग्ले उम्मेदवार छन्।
कांग्रेसका भट्टराईले व्यास नगरपालिका–११ बेल्टारीस्थित तनहुँ आधारभूत प्रावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ।
तर, भट्टराईसँग प्रतिस्पर्धामा रहेका रास्वपाका उम्मेदवार वाग्ले र एमाले उम्मेदवार खनालले भने मतदान गर्न पाउने छैनन्।
वाग्ले र खनालको तनहुँबाट मतदाता नामावलीमा नाम समावेश छैन।
51
Shares

प्रतिक्रिया