समाज


प्रधानमन्त्रीलाई भेटेर कामु प्रधानन्यायाधीश कार्कीले राखे न्यायपालिकाका समस्या

प्रधानमन्त्रीलाई भेटेर कामु प्रधानन्यायाधीश कार्कीले राखे न्यायपालिकाका समस्या

नेपालखबर
बैशाख १४, २०८० बिहिबार २०:४७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालयमा बुधबार भएको भेटमा प्रधानमन्त्रीसहित, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा प्रकाशशरण महत तथा सर्वोच्च अदालतका वरिष्ठ पाँच न्यायाधीश सहभागी थिए।

भेटवार्तामा न्यायपालिकाकाले भोग्नुपरेको आर्थिक तथा जनशक्ति अभावलगायतका विषयमा कामु प्रधानन्यायाधीश कार्कीले विस्तृतरूपमा प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

‘भेटमा अदालतको बजेट, भौतिक पूर्वाधार, मर्यादाक्रम र न्यायाधीशको तलबका विषयमा विस्तृतरूपमा छलफल भएको थियो’, भेटघाटमा भएको विषयमा जानकारी दिँदै सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले भने, ‘दिइरहेको बजेटमा पनि घटाउँदा न्यूनतम व्यवस्थापन, सञ्चालनमा समस्यामा परेको देखिएकाले न्यायपालिकाको स्वायत्तताका लागि सरकारले सहजीकरण भूमिका खेल्नुपर्ने विषयमा छलफल भएको थियो।ँ

त्यस्तै, कामु प्रधानन्यायाधीशसहित न्यायाधीशसँग आज उपप्रधानमन्त्री एवां कानून, न्याय तथा संसदीय मामिलामन्त्री खड्काले भेट गरी न्यायालयलाई आवश्यक पर्ने सहयोग सरकारले गर्न विषयमा छलफल भएको थियो। 

प्रवक्ता पौडेलका अनुसार मन्त्री खड्काले कानून मन्त्रालयले न्यायालयलाई गर्नुपर्ने सहयोगका विषयमा के–के गर्न सकिन्छ आफूले भूमिका खेल्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad