सुर्खेतको छिन्चुबाट जाजरकोटका लागि छुटेको बस सल्यानको बनगार कुपिन्डे नगरपालिकामा दुर्घटना हुँदा चालकसहित १८ जना घाइते बनेका छन्।
बिहीबार बिहान ८. ५० बजे भे१ख २५७३ नम्बरको यात्रुबहाक बस बनगार कुण्डिे नगरपालिका ११ बालुवासंग्रहीमा दुर्घटनामा परेको हो। बस सडकबाट २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
सो दुर्घटनामा परी बसका चालक सुर्खेत भेरीगंगाका ३४ वर्षीय प्रकाश शर्मासहित १८ जना धाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
घाइतेहरुको उद्धार गरी उपचारका लागि सुर्खेतको मेहलकुना पठाइएको प्रहरीले जनाएको छ।
गम्भीर घाइते हुनेहरुमा चालक शर्मासहित सुर्खेतकै २१ वर्षीया भगवती उपाध्याय, भेरीगंगाका ४९ वर्षीय शान्तकुमार तिरुवा, सल्यान बनगाड कुपिण्डेका १३ वर्षीय अनिश विक, रुकुम पश्चिमका ३१ वर्षीय विजय दर्लामी, सल्यान बनगाडका ४५ वर्षीय वर्षीय भीमबहादुर बुढाथोकी रहेका छन्।
त्यस्तै बसका सहचालक जाजरकोटका गोपाल ओड, जाजरकोटकै पदमबहादुर रावत, दलबहादुर रोकया, सल्यानका भूमबहादुर बुढाथोकी, गौमती बुढाथोकी, लमजुङका पूर्णबहादुर सुनार, ललितपुरका रजनी श्रेष्ठ, काठमाडौँकी अनिता मानन्धर, सल्यानका सन्देश पुन, गंगा विक, सुर्खेतका होम पंगाली, रसुवाकी मालती आचार्य सामान्य घाइते बनेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया