समाज


‘दिलीपका हत्यारालाई फाँसी दे’ भन्दै जनकपुरमा प्रदर्शन

‘दिलीपका हत्यारालाई फाँसी दे’ भन्दै जनकपुरमा प्रदर्शन

शैलेन्द्र महतो
पुस २६, २०७६ शनिबार १२:५७,

अवैध उत्खननको विरोध गर्दै आएका धनुषाको मिथिला नगरपालिकाका युवक दिलीपकुमार महतोको हत्यारालाई फाँसीको सजाय माग गर्दै जनकपुरमा प्रदर्शन भएको छ।

दिलीपको शव पोस्टमार्टम भइरहेकै समयमा शनिबार साँझ जनकपुरको रामानन्द चोकमा उनका हत्याराहरुलाई फाँसीको सजाय माग गर्दै विभिन्न संघसंस्थामा आवद्ध र स्वतन्त्र युवाहरुले प्रदर्शन गरेका हुन्।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान औरही खोलामा भएका अवैध उत्खनन रोक्ने क्रममा टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो। दिलीपका आफन्तहरुले उनको हत्या गरी शवमाथि टिपरले कुल्चिएको बताउँदै आएका छन्।

‘अभियानकर्मी मार्ने अपराधीलाई फाँसी दे’, ‘अवैध बालुवा गिट्टी उत्खनन बन्द गर’, ‘भ्रष्टचारी र हत्यारामाथि कारबाही गर’, ‘स्थानीय एवं प्रदेश सरकार, अभियानीमाथि किन प्रहार?’, लगायतका पम्प्लेट बोकेर युवाहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले केही दिनअधि जनकपुर महानगरका मेयरको नेतृत्वमा पत्रकारमाथि भएको हातपातको समेत विरोध गरेका छन्

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad