समाज


उधारो रकम उठाउन हिँडेका मण्डल १६ दिनपछि मृत भेटिए

उधारो रकम उठाउन हिँडेका मण्डल १६ दिनपछि मृत भेटिए

नेपालखबर
पुस २७, २०७६ आइतबार ८:११,

सप्तरीको राजगढ गाउँपालिका–३ नर्घो पूर्वटोलस्थित सार्वजनिक पोखरीमा ४५ वर्षीय सुर्यनारायण मण्डलको शव फेला परेको छ।

१६ दिनअघि उधारो दिएको रकम उठाउन जान्छु भनी घरबाट हिँडेका मण्डलको शव आफ्नै कुखुरा फार्म नजिकको पोखरीमा फेला परेको उनका भाइ ३५ वर्षीय शिवनारायण मण्डलले जानकारी दिए।

मण्डल घरदेखि साढे एक किलोमिटरको दूरीमा रहेको रत्नसागर पोखरीको डिलमा सञ्चालन गरेको कुखुरा फार्मको रेखदेख गर्दै बस्ने गरेका थिए।

मृतक मण्डलकी श्रीमती एक छोरा र एक छोरीका साथ १५ वर्षदेखि माइत बस्दै आएकी छिन्। को–कसले मारेको हो वा भवितव्य मृत्यु भएको हो अनुसन्धान हुनुपर्ने भाइ शिवनारायणले बताए।

शवको परीक्षण राजविराजमा नगरी धरान पठाइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ। मृत्यु भएको मिति तथा डुबेर वा अन्य कारणले मृत्यु भएको यकिन गर्न नसकिएकाले अपराधमा प्रमाण लाग्न सक्ने कुनै कुरा खुल्न सक्छ कि भनेर परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक यमलाल बन्जाडेले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad