सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायित्त्व संस्था सिप्रदीयन सहायता संस्थाले हालै सम्पन्न तेन्जिङ्ग हिलारी एभरेष्ट म्याराथन २०२३ का विजेताहरु धाविका मञ्जु रावत र धावक दल बहादुर कुँवरलाई सम्मान गरेको छ। संस्थाले एक कार्यक्रमबीच सम्मानस्वरुप नगद पुरस्कार हस्तान्तरण गरेको हो।
म्याराथनमा महिलातर्फ प्रथम हुन सफल भएकी धाविका रावतलाई ७५ हजार र पुरुषतर्फ दोस्रो स्थान प्राप्त गर्न सफल भएका कुँवरलाई रु ५० हजार प्रदान गरिएको थियो।
कार्यक्रममा सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहल, उपाध्यक्ष राजनबावु श्रेष्ठ, महासचिव राजेशप्रसाद गिरी र कोषाध्यक्ष सौरभराज थपलियाले विजेताहरुलाई बधाई दिँदै नगद पुरस्कार प्रदान गरेका थिए।

खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको क्षमता बृद्धि गर्ने उद्देश्यले सिप्रदीयन सहायता संस्थाले विजेताहरु आबद्ध रहेको कर्णाली स्पोर्टस क्लबसँग विगत २ वर्षदेखि सहकार्य गर्दै आएको छ।
अल्ट्रा म्याराथन दौड तालिमका लागि जेहिन्दर र मेहनती खेलाडीहरु छनोट गरि प्रशिक्षणका लागि आवश्यक सामग्री तथा पौष्टिक आहारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्दै आइरहेको जनाएको छ।
Shares

प्रतिक्रिया