समाज


भारतका दुई मुख्य गुप्तचर निकायमा नयाँ प्रमुख नियुक्त

भारतका दुई मुख्य गुप्तचर निकायमा नयाँ प्रमुख नियुक्त

नेपालखबर
असार १२, २०७६ बिहिबार १२:४५,

भारतका दुई मुख्य गुप्तचर निकाय ‘रअ’ तथा ‘आइबी’मा नयाँ प्रमुख नियुक्त भएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार बुधबार भारत सरकारले ‘रअ’ तथा ‘आइबी’मा नयाँ प्रमुखहरु नियुक्त गरेका हुन्।

रिसर्च एन्ड एनलाईसिस विंग ‘रअ’मा सामन्त कुमार गोयल प्रमुख नियुक्त भएका हुन्। त्यस्तै इन्टलिजेन्स ब्युरो ‘आइबी’मा अविन्द कुमार नियुक्त भएका छन्।

गोयल र कुमारसँग बलियो गुप्तचरीय अनुभव छ। सन् २००१ देखि गोइल रअमा आवद्ध छन्। कुमार सन् १९९१ देखि आइबीमा आवद्ध छन्।

गोयल र कुमार एकै ब्याचका आइपिएस अफिसर हुन्। यद्यपी गोयल पन्जाब क्याडरमा आवद्ध थिए कुमार भने आसाम मेघालय क्याडरमा आवद्ध थिए।

रअका प्रमुख नियुक्त भएका गोइलले पाकिस्तानविरुद्ध जवाफी कारवाही गर्नमा गत फेब्रुअरी महिनामा महत्वपूर्ण भूमिका खेलेको जनाइएको छ।

आइबी प्रमुख कुमारले यस अगाडि कास्मिर तथा माओवादी शसस्त्र गतिविधिका मुद्दा हेरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad