महोत्तरीबाट एक थान पेस्तोल र तीन थान गोलीको खोकासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रामगोपालपुर नगरपालिका–१ लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डल रहेका छन्।
मण्डलले सोही नगरपालिका–१ बसबिट्टी बजारमा पेस्तोलबाट गोली प्रहार गर्दा ४४ वर्षीय श्रवण यादव घाइते भएका थिए।
खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले उनलाई हतियारसहित पक्राउ गरेको हो। घाइते यादवको जानकी एकेडेमी हस्पिटल पर्सादेवाड रामगोपालपुर हुँदै जानकी हेल्थ केयर जनकपुरमा उपचार भइरहेको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
30
Shares

प्रतिक्रिया