समाज


श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

नेपालखबर
साउन २, २०८३ शनिबार १४:५८, विराटनगर

संखुवासभाको मादी नगरपालिकामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। 

शनिबार मादी नगरपालिका-४ डाँडागाउँका ५६ वर्षीय अमरबहादुर सार्कीलाई पक्राउ गरेको हो।  बिहान ५ः५० बजेतिर उनले आफ्नी पत्नी ४३ वर्षीया फुलमाया मुदेलको हत्या गरेको प्रहरीको भनाइ छ। 

संखुवासभाको चैनपुर नगरपालिका-७ का उनी हाल मादीमा बस्दै आएका थिए। घरायसी विवाद हुँदा अमरले पत्नी फुलमायालाई खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ। 

​श्रीमतीको हत्यापछि उनी आफैँ प्रहरी चौकी मङ्गलबारे, मादीमा उपस्थित भएका थिए। उनले घटनाबारे जानकारी गराएको प्रहरीले जनाएको छ। 

​प्रहरी टोलीले घटनामा प्रयोग भएको खुकुरीसहित संलग्न अमरलाई नियन्त्रणमा लिएको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दामा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, संखुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad