नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोप लगाएको छ।
मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्लस टुको शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआईबीले बिहीबार पक्राउ गरेको हो।
‘उहाँ (सुनिल शर्मा) लाई शैक्षिक प्रमाणपत्र किर्ते गरेको पुरानै मुद्दामा पक्राउ गरिएको हो’, नेपाल प्रहरीको उच्च स्रोतले नेपालखबरलाई भन्यो, ‘प्लस टु उत्तीर्ण गर्नका लागि नम्बर नपुग्दा उहाँ आफैंले थपेको पाइएको छ।’
मोरङ क्षेत्र नम्बर ३ बाट २०७९ मंसिर ४ को निर्वाचनमा विजयी शर्मा कांग्रेसमा नेता डा. शेखर कोइरालानिकट मानिन्छन्।
शर्माले आफ्नो अस्पतालमा स्वास्थ्य बिमाको व्यवस्था गर्न दबाब दिँदा आफूले नियमसम्मत हुने भनेपछि जथाभावी बोल्दै हिँडेको आरोप मन्त्री महतको थियो।
सांसद शर्मा विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक हुन्।
Shares
प्रतिक्रिया