समाज


भेपमा सुन प्रकरण : सीआईबीले फेरि बुझायो प्रतिवेदन, भोलि मुद्दा दर्ता गर्ने तयारी

महरा पुत्र राहुलसहित ४ जनालाई प्रतिवादी बनाउन राय
भेपमा सुन प्रकरण : सीआईबीले फेरि बुझायो प्रतिवेदन, भोलि मुद्दा दर्ता गर्ने तयारी

नेपालखबर
असोज २३, २०८० मंगलबार १७:४७, काठमाडौँ

इलेक्ट्रिक सिगरेट (भेप)मार्फत भएको सुन तस्करी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सरकारी वकिलको कार्यालयमा पुनः प्रतिवेदन बुझाएको छ। 

यसअघि आइतबार रायसहित सीआईबीले सरकारी वकिल कार्यालयमा बुझाएको थियो। सो प्रतिवेदनको फाइल सरकारी वकिलको कार्यालयले बयान नपुगेको भन्दै फिर्ता गरिदिएको थियो। 

त्यसपछि अन्य बयान सकेर सरकारी वकिलको कार्यालयमा मंगलबार पुनः फाइल बुझाइएको हो। 

सीआईबीबाट फाइल प्राप्त भएसँगै भोलि (बुधबार) जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि नेउपानेले जानकारी दिए।

फ्लाई दुबईको जहाजमार्फत गत पुस १० गते ९ किलो सुन काठमाडौँ भित्र्याइएको थियो।

यस प्रकरणमा सीआईबीले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुलसहित चार जनालाई प्रतिवादी बनाउन राय दिएको छ। 

उनीहरूविरुद्ध संगठित अपराध र भन्सार अवैध चोरी पैठारीको कसुरमा मुद्दा चलाउन प्रहरीको राय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .